महाभारत माहात्म्य आदि वंशवर्णन

मङ्गल् शङ्कर गौरि सूर्य हरिले नेपाल् हिमाले वरि ।
धेरै उन्नतिवान् तुल्याउनु हवोस् मानीस त्यो देश्भरि ।।
ईश्वर्को चरणार्मतै तिर रहन् सम्पूर्णले मन् धरी ।
काशीनाथ नरेन्द्र छ विन्ती चरण्मा गरी ।।।
नेमीसारनमा कुनै समयमा बह्रै वरष् याग् गरी ।
ठूलो यज्ञ समाप्ति पारि ऋषि धेर् बस्थे खुसी खूब परी ।।
ताहीँ धेर बडा ऋषी घुमिघुमी उग्रश्रवा त्यो घडी ।
पाल्नुभो सबले पुजन् अघि गरे भक्ती मनैमा धरी ।। १ ।।

प्रश्नै शौनक ऋषिले पछि गरे सूत्पुत्र सङ् प्रेम गरी ।
काहाँदेखि घुमेर आउनु भयो सोधर धैर्यै धरी ।।
दीए उत्तर सब् ऋषे सुननुहोस् डस्ने त प्राणै हरी ।
मार्ने सर्प परीक्षितै नृपतिको तेस्माथि खुब् क्रोध् गरी ।। २ ।।

मारी वंश उजाड्न यज्ञविधि एक् ठूलो इरादा धरी ।
श्रीराजा जनमेजये पनि गरे सर्पाहुती काल् सरी ।।
डस्ने तक्षक तै बचयो मरि अनेक् आस्तीकले नै गरी ।
टुप्पो हेर सुरो महा इनरजी आएर घीऊ सरी ।। ३ ।।

होमीने ठिक भोलि तक्षक शरण् खल्बल परी धर् थोरी ।
आए ईशवर देव् बुझाइ फ द सम्पूर्ण भो याग् गरी ।।
वैशम्पायनले उसै जगहमा भारत् कथामृत् कही ।
सूनाए जनमेजये नृपतिको नाना कथाहा वहीँ ।।४ ।।

मैले सब् सुनि अम्मृतै रस पिएँ धेर् बेर ताहीँ रही ।
उठी पञ्चक तीर्थ आदि अरु फेर् घूमेर जाहाँ तहीँ ।।
दर्शन् हे ऋषिराज् मुने सकलको गर्ने गर्नेऽभिलाषा यही ।
आएँ है म हजुर्हरु सँगमहाँ मेरो त भाग्ये कही ।।५ ।।

वर्णन् यो गरि साध्य छैन अहिले आनन्दमा छू मगन् ।
आज्ञा  होस् मनमा हजूरहरुको सुन्ने छ इच्छा कउन् ।।
भन्नूभो तहिँ सूतले अनि पछी शैनक् विचारेर मन् ।
बोले भन्नु हवोस जो सुननु भो जन्मेजयै सङै जउन् ।।६ ।।

वैशम्पायनले बताउनु भयो स्वै भारताऽमृत् कथा ।
वर्णन् गर्नु हवोस् भुलेर अरुमा अम्मृत छोडूँ कता ।।
यस्तो बात् ऋषिहेरुको सुनि जसै श्री सूतले खुस् परी ।
आज्ञा भो रचना श्रि व्यास मुनिको अम्मृत् घडा झै भरी ।।७ ।।

भन्छू त्यो इतिहास् सबै सुननु होस् एकाग्र धरी ।
ज्ञानी मान्छन प्यार प्राण् झइँ गरी तार्नेछ नाऊ सरी ।।
गोलाकार् पहिले जगत् रचिलिए श्रीब्रह्म योग्लीन् परी ।।८ ।।

बित्यो वर्ष अगन्ति फेर् तहिँ रही इच्छा उनैले गरी ।
सत्वै रज् तम तीन गुण् रुप धरी ब्रह्मा श्रीमालिक् हरी ।।
भोला श्रीशिवजी प्रकट् हुनुभयो काम् बाँडि तेसै घडी ।
ब्रह्माले पनि सृष्टि काम् लिनुभयो पीतामहै नाम् धरी ।।९ ।।

तिन्को पालन भर् लिए वसनुले पिताजिको नै सरी ।
बढ्ने मानिसलाइ राजनहरू नास्छन् जउन् रीत् गरी ।।
संहार्को पनि काम् सदा शिवजिले गर्नू भयो त्यै सरी ।
सप्तर्षी मनु दक्ष आदि जनमे ब्रह्माजि अंशै री ।।१० ।।

फेरी विष्णुजिका विभूति रुपका सत्त्वै गुणैले भरी ।
उत्पन्नै अशुनी कुमार्हरु भए अष्टै वस् त्यो घडी ।।
संहार् मालिक श्रीसदाशिवजिका गुण्देखि पैदा परी ।
जन्मे वृक्ष र साध्य गुह्यक पिचास् भूत् योनि नाना थरी ।।११ ।।

जन्मे ब्रह्मजिकै विराट् सरुपमा सारा त्रिलोक्को भर ।
फेर् पृथ्वी जल तेज वायु र आकास् दीशा र नाना थर ।।
संवत्सर् महिना ऋतू बनि गयो कृष्र्ण गरी यस् पर ।
शुक्लै पक्ष र रातदिन् रचनु भो यै रीत् अचल् फर् चर ।।१२ ।।

जीवात्मा सब सृष्टि भो उ प्रभुकै गाथ्देखि नाना परी ।
आखिरमा लिन हुन्छ भोग् गरि अनेक् त्यै ब्ह्मगोल्मा मरी ।।
युग्को दीन बितेर राति जब भो नाश् भै सबै मर्दछन् ।
यो ब्रह्माण्डमहाँ यि युग् अरु सबै सृष्टी सदा घुम्दछन् ।।१३ ।।

बार्बार् यै रित सूर्य चन्द्र अरु देव्–दानव् पनी उत्पन ।
हुन्छन् फेर् प्रभु सूर्यबाट पहिले छोरा त उन्कै समान् ।।
जन्मन्छन् तिनिदेखि फेर् अरु अनेक् श्री सूर्यवंशी भनी ।
फैलिन्छन् पृथिपीमहाँ चउतरफ् यस्ता प्रकार्ले अनि ।।१४ ।।

भर्तैवंशि ययाति आदि यदु धेर् श्री चन्द्रवंशी बनी ।
फैलीयो सनछेप मुख्य उ कुरा बुझ्नु सबैले भनी ।।
लेखेको छु ठुलो छ भारत कथा सम्पूर्ण व्यास्ले पनि ।
रच्नु भो परिपूर्ण पारि मनमा श्री व्यासजीले अनि ।।१५ ।।

शिष्यैलाइ पढाउँ कून रितले को लेखदेला भनी ।
चिन्ता गनुभयो उसै बखतमा सारा प्रजाका धनी ।।
अन्तर्यामि श्रिब्रह्मको प्रकट भो उद्धार गर्ने भनी ।
हस्तार्घादि गरे श्रिव्यास मुनिले अत्यन्त हर्षै बनी ।।१६ ।।

पूजा गर्नुभयो र ढोगनु भई आदर् बहूतै गरी ।
ब्रह्माका सनमूख व्यासमुनिले हात् जोरि आगे सरी ।।
भन्नू भो तहिँ भारताऽमृत कथा मैले तयारी गरी ।
लेख्ने कोहि नपाइ चिन्तन थिएँ मैले हजुर्कै धरी ।।१७ ।।

बस्थें पाल्नुभयो खुसी अति भएँ दर्शन् हजुकों गरी ।
उद्धार् गर्नुहवस् सुनी वचन यो श्रिब्रह्म देव् खुस् परी ।।
आज्ञा र्गुहवस् स्मरण् गर तिमी सिद्धी गणेश् यो घरी ।
काम् पुग्ला मनमा नलेउ रति शोक् भन्नूभयो प्रम् गरी ।।१८ ।।

अन्तर्धान् तहिँ ब्रह्मदेव् हुनुभयो व्यास्ले अती ध्यान् धरी ।
सम्झे श्रीगणनाथ आउनुभयो पूजा गरी प्रेम् गरी ।।।
ढोगी विन्ति गरे श्रिव्यास मुनिले हे ऋद्धिसिद्धी पति ।
अम्मृत्को फल एक एक् पद भयो सम्पूर्ण भारत् जति ।।१९ ।।

ऊदाए झइँ सूर्य यो हृदयमा झल्मल म देख्छू अति ।
लेखी हित् गरनोस लोकहरुको विन्ती गरूँ धेर् कती ।।
मान्नू भो तहिँ व्यासको पनि वचन् श्रीमङ्गलै मूरती ।
लागे भन्न तहाँ श्रिव्यास मुनिले छोड्दै नछोडी रती ।।२० ।।

लेख्नू भो श्रि गणेशले कर तहाँ खाली नराखी कती ।
लाग्यो हात् पनि खालि हून जब ता देखेर कुट् पद् कथी ।।
दोहोरा अनि अर्थको तहिँ कुरा शोचेर व्यास्ले अती ।
भन्थे छोड्न हुँदैनथ्यो नहि भने चल्थे गणेशै उठी ।।२१ ।।

जाने ताहिँ करार् थियो अति कठोर् बुझेर अर्थै जति ।
लेख्नैलाइ करार् थियो गणपती शोच्ने बखत्मा गति ।।
बढ्थ्यो व्यासजिको यसै रित तहाँ सम्पूर्ण भारत् जती ।
लेख्नूभो श्रि गणेशले उस घडी दिल्को अँधेरा कटी ।।२२ ।।

आनन्दै तहिँ पाइ व्यास मुनिको निर्मल् भई गो मति ।
भारत्को मुल जन्म भो पृथिविमा ढाकेर लोक् देश् जति ।।
तार्ने भागिरथी समान् हुन गयो उन्कै प्रभाव्ले गरी ।
माहाभारत अम्मृतै रुपिकथा पार् तर्न नाऊ सरी ।।२३ ।।

बन्दो भो भनि सूतले सब कथा एकेक विस्तार् गरी ।
भन्नूभो पनि शौनकादिहरुमा सो बात अम्मृत् भरी ।।
संस्कृत्लाइ नबूझनेहरु कनै बुझनै सजीलो गरी ।
भारत्को सनछेप मुख्य हितबात् बीने पिऊ राम्ररी। ।।२४ ।।

पद् पद् अम्मृतको फलै झइँ मधुर् गोर्खालि भाषा गरी ।
लेखेको छु बुभेर अम्बल गरे जाइन्छ सागर् तरी ।।
प्रख्यात् जो अहिले छ डिल्लि भनि नाम् पैल्हे त त्यो है पुरी ।
हस्तीनाम् नृपले अबाद् गरि गतअँ राखे प्रजा राम्ररी ।।२५ ।।

त्यो दिन्देखि त हस्तिनापुर भनी प्रख्यात् थियो खूब् गरी ।
चन्द्रैवंशि अनेक चक्रवरती यूरोप् यसीया भरी ।।
भोगे सागर चौतरफ् पृथिवि सब् सम्म्राट् ति धर्मै धरी ।
भारत् कम्ति थिएन बूझ पहिले यो धर्मदेश् खूब् गरी ।।२६ ।।

यै देश्मा पहिले प्रतापि हुनुभो दुष्यन्त रान पनी ।
उन्की रानि शकुन्तला हुन गइन् धेरै सुशिक्षित् बनी ।।
चढ्दा यौवनसम्म यी मुनिजिका आश्रम् विषे नै रहिन्।
पुत्रीझैँ गरि सब् सिकाइ दिनुभो स्त्रीधर्म शिक्षा पढिन् ।।२७ ।।

ज्ञानीका पनि सन्तती अति असल् हुन्छन् भनी शास्त्रमा ।
लेखेको खुब ठिक् तहाँ मिलिगयो तिन्का पनी कोखमा ।।
ठूलो वीर पराक्रमी भरतजी राजा हुनू भो गई ।
सारा देश जितेर राज्य लिनु भो श्रीचक्रवर्ती भई ।।२८ ।।

आर्यावत्र्त यि देश नम् अघि थियो उन्कै प्रभाव्ले गरी ।
उन्कै नाम् सरि नाम् पनी बदलि भो भरत् भनी देश्भरी ।।
सन्तान् भारतवंशि ती नृपतिका प्रख्यात नम् भो अति ।
सोही बात् जनमेजये नृपतिले सोधी सुने सब् जति ।।२९ ।।

सारा दिव्य कथा अपार् छ नृपको याग्का गति ।
सुन्नूभो सुतले सभा बिच जउन् जन्मेजयैसङै अति ।।
सूत्ले त्यै मुनि शौनकादिहरुमा भन्नूभएको अघी ।
वीर्दुष्यनतजिको कथा बुझनुहोस् लेख्छू म भाई सँघी ।।३० ।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित