युधिष्ठिरको बन्दोवस्तले धृतराष्ट्र खुस तर भीमसेनको छेडाइ व्यंगवचन दुख
सही असह्य भई विदुरको भन्नु

अश्वैमेध् परिपूर्ण भैकन अनी यूधिष्ठिरैले तहाँ ।
सेवा श्रीधृतराष्ट्रको गरि अनेक् तिन्का हुकूमे महाँ ।।
बस्दा आफनु पुत्रको मरण सब् धृतराष्ट्रले ता सबै ।
बिर्से कारण यो छ एक्रति पनि नाघ्दैनथे बात् कबै ।।१।।

यूधिष्ठिरनृपले नसोधि तीनिको गर्दैनथे काम् वहाँ ।
दर्बार् भित्र र फेरि बाहिर पनि यूधिष्ठिरैले तहाँ ।।
हूकुम् बक्सनुभो कुनै तरहले गान्धारीलाई अनि ।
बूबा श्रीधृतराष्ट्रलाई सबले मान् कम् नगर्नू पनि ।।२।।

जस्ले दिन्छन कष्ट ऊ पुरुषको हूनेछ दण्डै भनी ।
गान्धारी धृतराष्ट्रलाई निशिदिन् पाण्डवहरूले अनि ।।
सूभद्रा कुनती र द्रौपदि सबै पट्रानि जम्बा तहीँ ।
पौँची ढोग्दिइ सावधान् गरिगरी बस्थे टहल्मा रही ।।३।।

सञ्जय् फेर युयूत्सुहरु पनि है धृतराष्ट्रकै सङ् अनि ।
बस्थे कृप तहीँ विदूर सब दिन् पूराण नीती भनी ।।
नोकर् चाकरको सबै ठिक प्रकार् थीयो प्रबन्धै वहाँ ।
आज्ञा माफिक काम् भई खुस थिए धृतराष्ट्र संतोष्महाँ ।।४।।

बस्थे फेर् अफिसर् खजाञ्चिहरुको हूकुम् कडा भो अति ।
बूबाले मन दान धर्म र बकस् इच्छा भयाको जति ।।
सारा त्यो त नरोकि पूर्ण गरनू लागोस जो धन् भनी ।
गान्धारी धृतराष्ट्रले सिल स्वभाव् देखेर पग्ले पनि ।।५।।

सारै मुग्ध भए युधिष्ठिरसँगै देखेर तेस्तो मति ।
दुर्योधन् तहिँ पुत्रको मुरखता आफ्नै बुझे भूल् जति ।।
पश्चाताप गरेर पुत्रसरि नै लागे समझ्नै तिनी ।
फेरि श्रीमहराज् युधिष्ठिरजिले आर्को हुकुम् भो बिनी ।।६।।

बूबा श्रीधृतराष्ट्रको र दुरजोधन्को त मूख्यैँ यहाँ ।
बात् केही भुलमा पनि नगरनू जो गर्छ त्यो बात्महाँ ।।
मेरो शत्रु समान बन्दछ उता भन्ने हुकुम् यो सुनी ।
यो हेतू धृतराष्ट्रको अप्रिय मन् गर्दैनथे क्वै गुनी ।।७।।

कैल्हेकाहिँ फगत् प्रसङ्गवशमा डर्भर् रतीभर् नली ।
भन्थे भीमसिन दूरजोधन खुनी उन्मादि हो नै छली ।।
बिग्र्यो झन् धृतराष्ट्रजी पनि बुबा उस्कै वचनमा चली ।
यस्तो बात् तिनि गर्दथे कहि कुरा चल्दा हुँदी भीम् बली ।।८।।

ताल् ठोक्थे मनमा कसैगरि तहाँ दुर्योधनैले जति ।
दुख् दीए धृतराष्ट्रले ति भिमसिन् भुल्दैनथे एक् रती ।।
गान्धारी धृतराष्ट्रको समिपमा एक्दिन् प्रशंसा वहाँ ।
यूयोधन् र दुशासनै करणको सूने ति भीम्सेन् तहाँ ।।९।।

सार्है क्रोध गरे कठोर् वचन यो किञ्चित् नमानी रती ।
बोले ती धृतराष्ट्र पट्ट अनधो फेर् पुत्रहेरू जति ।।
मूर्खै खूब् अभिमानि हून मइँले यो बाहुबल्ले पिटेँ ।
देख्यौ चन्दनले शोभित सुवास् मेरा करैले जितेँ ।।१०।।

कम्जोर् छैन यि बाहुबल् अझ पनि यस्को प्रशंसा कति ।
र्दैनौ गर है भने ति भिमसेन् सूनी कलेजा कटी ।।
राजा श्रीकृतराष्ट्रको हृदयमा त्यो बात बज्रैसरी ।
बिझ्यो है तर आफनू समयको वीचार् गरे चुप् परी ।।११।।

बस्थे यै रितले ति भीमसेनको व्यङ्ग्यै वचनले गरी ।
गान्धारी मनमा व्यथा हुन गयो जाँदी भइन् जर्जरी ।।
क्यै रीतले जिउँतीउँ पन्ध्र वरषै काटे ति बूढाबुढी ।
भीमसेनको तब बात् असह्य हुन गो दिन् काट्न मनमा चुँडी ।।१२।।

ताहाँ तैपनि बात् युधिष्ठिरजि फेर् अर्जूनलाई अनि ।
दीएनन् रति थाह कत्ति मनको धेर् कष्ट हूँदा पनि ।।
चुप् लागी धृतराष्ट्रले सहिलिए एक्दिन असैह्यै बनी ।
बोलाई नृपती कही विदुरको भन्दा भए ती अनि ।।१३।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित