पाण्डवको काम्यक वनमा वास, किर्मीरवध, विदुर वन गई फर्कनु,
कष्णको पाण्डवसँग भेट

ति पाण्डवसँगै पछी द्रुपदि फेर् सुभद्रा हिँडिन् ।
स्त्री पुत्र लिइ वन् गए धिरज लीइ सम्झी कुदिन् ।।
प्रजाहरु पछीपछी सकल छाति पीटी गए ।
अहा अहह हा गरी तिनिहरू त रूँदा भए ।।१।।

कहे हजुर साथ् गई सुख र दुःख भोग्छौँ बसी ।
बिहक् अधम सर्पझैँ डसछ राजदण्डै धसी ।।
कसोरि सहुँ पापिले सुख दिँदैन निश्चय् फसी ।
न हामीहरुको भने गरछ कोहि आदर् कसी ।।२।।

ति रोयर वरीपरी मलिन मूख ब्राह्मणसहित् ।
युधिष्ठिरजि देखि त्यो बहुत दुःख मानी बखत् ।।
बुझाइ सबको बिदा दिनु भएर जाहान् लिई ।
पुगे हिँडिहिँडी मरुस्थल ति काम्यकै वन् गई ।।३।।

उहाँ यक ठुलो थियो क्रिमिर नाम राक्षस् कसी ।
मुनुष्यहरुको डसी खुसि भएर खान्थ्यो बसी ।।
डराइ अरुले अती नगइ बस्दथे वनमहाँ ।
मनुष्यहरुको जनिक् पुगिगयो र गन्धै वहाँ ।।४।।

उ ओर्लि नजिकैमहाँ वचन बोलदो भो गई ।
तिमी सब म मार्दछू बुझन काल आएँ मई ।।
म खान्छु भनि गो नजिक् सुनि यि बात भिम्सेन् भने ।
तँलाई यमराजले अब त मृत्युको नै गने ।।५।।

सुनी लिइ वचन् चहाँ क्रिमिर रीसले चूर् परी ।
किटी किटि गरेर दाँत् वचन यो कह्यो मुर्मुरी ।
चिने म बक भाइको अघि निभाउने क्रोध् गरी ।
हिडिम्ब मित मारने अधक भीमसेन् होस् अरी ।।६।।

म मार्छु बदला लिई खुसि भएँ ठुलो भेट् भई ।
यि बात भिमसिन् सुनी गरजि सिंहको नै झार्इँ ।।
उठाइ पथरै ठुलो नजर छातिमाहाँ दिई ।
उ दुष्टकन हान्नुभो उ पनि भाचि हाँगो लिई ।।७।।

लड्यो भरसकै गरी कहुँ कती दुवै जोर् गरी ।
लडे बहुत कुस्ति फेर् घुमि घुमेर पेचै गरी ।।
क्रिमीर थकदै गयो लडन पेच ढीला परी ।
मिलेर मउसर् तहाँ पकडि टाँग भिम्सेन् धरी ।।८।।

घुमाइ खुब जोरले भुमिमहाँ बजारी दिई ।
क्रिमीरकन मार्दिए चुर भयो पिठोझैँ भई ।।
गयो यमपुरी मरी खुसि भए सबैले तहाँ ।
ति पाण्डव जहानसङ् अनि बसे उसै वनमहाँ ।।९।।

टिपेर वनको फगत् फल र फूलले पेट् भरी ।
निवास गरथे यता बहुत धेर चिन्ता गरी ।।
कुबुद्धि धृतराष्ट्र ली विदुरसाथ भन्दा भए ।
ति पाण्डव त गर्दछन् वइरभाव वनमा गए ।।१०।।

सुनेर हित बात् कहे विदुर झोकि फन्फन् अति ।
लियौ कउन बुद्धि यो कुरुकुलै विनाश्ने मति ।।
तयार बिज गर्दछौ अघि नराखि बाँकी रति ।
उपाय भरसक् गर्यो सकल लोकका जो पति ।।११।।

उनै प्रभु सहाय भै बचि गए भनूँ लौ कति ।
लहा घरमहाँ मरी खबर हुन्नथ्यो दुर्गति ।।
अहा नपुगि तैपनी अधम जाल जूवा रची ।
जितेर वन भेज्दियौ अझ नपूगि घोच्छौ मची ।।१२।।

सहेर गइ इज्जतै नगरि केहि ती तैपनि ।
पराक्रमि भई चुप रहे अहो तै उनि ।।
म ताडिफ गरूँ कती हजुर बुद्धि भ्रष्टै भई ।
अहो चुप सरपकनै जसरि छेड्छ प्वालमा गई ।।१३।।

बुलाउँछन मूर्ख काल् उहि सरी त बुद्ध भई ।
अयोग्य अझ तैपनी भनन हुन्छ के मन् दिई ।।
यि नीति धृतराष्ट्रले वचन सूनि झन् क्रोध् भरी ।
रिसायर फुँ फूँ गरे मलिन मूख लाल्लाल् धरी ।।१४।।

कहे विदुर भाइ एक् न गरि पक्ष उन्कै बरू ।
सकेभर त गर्दछौ गरि बिरानु हामीहरू ।।
न मोह गरि खोजछौ कुशल हामरो के गरूँ ।
मनै नभइ हामिसङ कति बसेर काट्छौ बरू ।।१५।।

ति पाण्डवकहाँ गई दिन बिताइ तिम्ले रहू ।।
भयौ दुर त भाइ हौ फरक बालछौ के कहूँ ।
हितै वचन भो विखै विदर छाडि हीँडे तहाँ ।
ति पाण्डव कहाँ पुगे सकल खोजि वनवनमहाँ ।।१६।।

नजानि धृतराष्ट्रले विदुर तयागि दुःखी भए ।
ठुलो निति नचूकि काम् विदुर गर्दथे हा गए ।।
कसोरि अब धर्नु प्राण् मरण तुल्ल्य भै गो भनी ।
अधैर्य गरि रोइ धेर् मलिन मूख दिक्कै बनी ।।१७।।

बुलाई धृतराष्ट्रले वचन सञ्जये सङ् अनि ।
कहे तिमि फिराइ झट् विदुरलाई ल्याऊ पनि ।।
नही त धृतराष्ट्रले जिवन छोडनेछन् भनी ।
यि बात सुनि सञ्जयै गइ ति काम्यकै वन् पनि ।।१८।।

भने खबर सब् तहाँ विदुर नीतिवान्ले सुनी ।
युधिष्ठिरजि सङमहा लिइ ति सम्मती फेर् अनी ।।
विदूर धृतराष्ट्र साथ् फिरि बसे अघी कै झईँ ।
ति पाण्डव जुवामहाँ सकल राज्य हारी गई ।।१९।।

पसे वन सबै भनी पवन माफिकै सन्सनी ।
पुग्यो खबर दूरदूर् बहुत दोस्त राजा पनि ।।
युधिष्ठिरजि साथमा मिलन दुःखि दिल्मा बनी ।
पुगे भुपतिहेरु धेर् सकल लोकको फेर् धनी ।।२०।।

श्रीकृष्ण पनि काम्यकै वनमहाँ सवारी भई ।
फजीयत र दुर्दशा नजरबाट देखी लिई ।।
तुल्याइ मुख अग्निझैँ हुकुम गर्नु भो क्रोध् भरी ।
म के गरुँ जुवा हुँदा थिइनँ हेर डिल्लीपुरी ।।२१।।

न ता किन दिने थिएँ त्यसरि खेल्न जूवा खराब् ।
सुयोधन कि मारथेँ उसइ बख्त थापी धराप् ।।
म साल्वकन मारनै पुगि गएर दक्षिणमहाँ ।
बच्यो उस घडी भनी बहुत धैर्य दीए वहाँ ।।२२।।

बुझाइ तिनि पाँचको लियर बैनि भानिज् भाई ।
श्रिकृष्ण हिँडि द्रौपदी पुतर धृष्टद्युम्नै लिई ।।
गए घरमहाँ अनी नृपति देश देश्का अरू र
बिदा भइ सबै हिँडे धिरज दीइ राजाहरू ।।२३।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित