दुर्योधन नभेटिंदा अपशोच, अश्वस्थामाको तलाउमा शपथ सुनी वनेचरको
सन्देशले पाण्डव गई अश्वथामाहरू वनमा जानु दुर्योधनलाई वाक्शर, एक रोज भन्ने बातमा युधिष्ठिरको कृष्णले निन्दा, लड्न तयारे

खाली भयो हिँडि सबै कउरव्कि डेरा ।
हेरेर चार् तरफमा पनि एक फेरा ।।
श्रीद्रोणपुत्र कृपजी कृतवर्म वाहाँ ।
हीँडे ति फेर् नृपति भेटन तलाउमाहाँ ।।१।।

ऊता सुयोधनकनै त युधिष्ठिरैले ।
लाए बहूत पनि खोज्न नपाइँनैले ।।
दिक्दारमा खुब थिए भिमसेन् मनैले ।
दुःखी भए अधिक झन् अघिका कुरैले ।।२।।

जङ्घा म काटछु भनी त थियो प्रतिज्ञा ।
दुर्योधनै विषयमा दुत आइ आज्ञा ।।
गर्नूभई पुछनुभो त युधिष्ठिरैले ।
सन्तोष्जनक तर दिएन खबर् कुनैले ।।३।।

कूरा गरे सकल पाण्डलहरु ताहाँ ।
पार्यौँ जऊन पनि कारण नाश याहाँ ।।
बन्धू सुहृत् र मितरैहरु हाय ठूलो ।
मार्यौँ छ पापि अझका जिउँदै छ मूलो ।।४।।

यो बात शोक हुनगो उस दुष्ट मोजी ।
दुर्योधनै भागि गयो अब ढुँडि खोजी ।।
मार्नू अवश्य पनि पर्छ भनेर फेरि ।
हूकुम् युधिष्ठिर दिए सबलाई हेरी ।।५।।

भन्नूभयो जउनले उसलाई ढूँडी ।
सम्चार ल्याउँछ कहाँ त अमूल्ल्य जोडी ।।
दिन्छू जऊन पनि जान्यर ढाँट्छ कोही ।
आज्ञा भयो कसुरवन्त ठहर्छ सोही ।।६।।

यो उर्दि भो सुनि बहुत् नगरेर देरी ।
फेरी हिँडे चउतरफ् सब हेरिहेरी ।।
ऊता तलाउ तिरमा अनि अस्वथामा ।
फेरी पुगे तिनजना र बसे किनार्मा ।।७।।

बोले ति दिक् परिपरी उठनोस राजन् ।
जाऊँ सहाय गरछौँ रणमा दि तनमन ।।
जित्छौँ युधिष्ठिरकनै गरि राज्यसुखमा ।
बस्नोस् कि स्वर्ग पुगनोस् विरको त गत्मा ।।८।।

जित्छू अवश्य नजिते पनि नित्यकर्म ।
जो लाग्छ पाप नगरे उहि होस मर्म ।।
झिक्दीन यो कवचको नगरी समरमा ।
विन्ती गरे यस प्रकार् तहिँ अश्वथामा ।।९।।

यस्तो वचन् नृप सुनी मितपुत्र रणमा ।
भाई र बान्धवहरू मरणै त दिल्मा ।।
सम्झेर शोक् भइ ति कातर घाउ फेरि ।
दूखेर पीडित कहे तिनि नृप हेरी ।।१०।।

भन्दा भए सुनन हे विर ईश्वरैले ।
कल्याण् गरून् तिनिकनै भनछू दिलैले ।।
हाम्रा तरफ् अझ तलक् तिन साथि मैले ।
देखेर जीवित भएँ अति खूस ऐल्हे ।।११।।

थाकीगयौ तिमिहरू म पनि दुखैले ।
पीडा भयो र म बसेँ नखपी तनैले ।।
उत्साह धेर भइ पाण्डव सैन्य ऐल्हे ।
बढ्दा थकित् हुनगएँ यस कारणैले ।।१२।।

सङ्ग्राम गर्न मन आज त्यजेँ नि मैले ।
विश्राम् गरूँ सब जना पनि रात्भरैले ।।
हूनेछ के भइ बिहान मिली सबैले ।
रणमा ति पाण्डवसँगै जितुँला बलैले ।।१३।।

कम्ती तपाइँहरु हूनु हुँदैन हाम्ले ।
जित्छौँ अवश्य पनि पुग्दछ बात काम्ले ।।
यो बात् सुनी अनि कहे तहिँ अश्वथामा ।
राजन् उसै गरुँ बितीकन रात रणमा ।।१४।।

मारेर पाण्डवकनै कवचै उतारी ।
लिन्छू म निश्चय भने मुख ठिक्क पारी ।।
बक्दैथिए तिनिहरू तरवार मारी ।
आए उही बखत भिल् जलप्यास भारी ।।१५।।

सुनेर बात् लुकिरहे उरदी विचारी ।
लुब्धकहरू चुप रहे जलप्यास टारी ।।
लाल्चा गरेर धन मिल्छ भनेर ढुक्कै ।
यूधिष्ठिरै शिविरतर्फ हिँडे सुटुक्कै ।।१६।।

ताहाँ उही समयमा मइदान् पहाडी ।
सारा जगा दुत घुमेर तराइ माडी ।।
काहीँ नपाइ दुरजोधन खोज्न छोडी ।
आए युधिष्ठिर समीप् तिनि हात जोडी ।।१७।।

बोले मरेर दुरजोधन छैन काहीँ ।
भन्ने वचन् सुनि गरे मन दिक्क ताहीँ ।।
हस्याङ्फस्याङ् गरि पुगेर ति भिल्ल वाहाँ ।
जोजो सुने उहि कहे उ तलाउमाहाँ ।।१८।।

विन्ती गरे तब ति पाण्डव मग्न होई ।
निश्चय सुयोधन उ हो भनि भिल्ललाई ।।
धेर् धन् दिई खुस गरे अनि पाँच भाइ ।
मार्थे श्रिकृष्ण अरु सोम्वङ्शी थकाइ ।।१९।।

साथमा लिए तिनि अरू शुरवीरलाई ।
शङ्खै फुकी रथ चढे सबले बजाई ।।
फेरी तलाउतरफै कदमै बढाए ।
हीँडे सबै विरहरू सुर खूब् चढाए ।।२०।।

शङ्खै र गड्गड सुने रथको त कान्मा ।
डर्दा भए कृतवरम् कृप अश्वथामा ।।
बोले सुयोधनसँगै नृपते समरमा ।
सम्झे जित्यौँ भनि ति पाण्डवहरु मन्मा ।।२१।।

उन्मत्त भै यसतरफ् ढुँडदै चयन्मा ।
आईगए गरुँ कसो अहिले त वन्मा ।।
जान्छौँ भए पनि त काम् गरुँला करम्मा ।
हूनोस् सचेत् भनि चले बहुतै सरम्मा ।।२२।।

हीँडेर ती दुर पुगी रथ त्यागि फेद्मा ।
खोलेर अश्व बरको पनि एक पेड्मा ।।
रथको बिछाइ डसना रुखको सियाल्मा ।
विश्राम् गरे तिनजना थकितै विलाप्मा ।।२३।।

आई गयो निद सुयोधन सम्झि ताहाँ ।
वीचेत् भए तिनिहरू अति शोकमाहाँ ।।
ऊता यि तीन जनले पनि छोडि मूलो ।
दिक्दार् सुयोधन भए जलभित्र ठूलो ।।२४।।

गैर्होमहाँ गइ लुके खुब सोरमाहाँ ।
आयो त सिंहसरि पाण्डव सैन्य ताहाँ ।।
बस्दाभए उहि किनार तलाउनेरी ।
श्रीकृष्णको सँग युधिष्ठिरले त हेरी ।।२५।।

विन्ती गरे नजर होस् उहि पापि भारी भारी ।
दुर्योधनै सब गर्यो कुलनाश पारी ।।
आएर एक्लइ लुकेछ तलाउमाहाँ ।
यो बात् सुनी भन्नुभो प्रभुले त ताहाँ ।।२६।।

लौ काम् बन्यो चतुर भै यसलाई मार ।
कौशल् रचेर अघि सुग्रिवको त जार ।।
श्रीरामले वध गरे झइँ बालि भार ।
उस्तै हिसाब् गरि सुयोधन आज मार ।।२७।।

सङ्मा त दुष्टहरुको गरि युक्ति वाहाँ ।
काम् लीनुपर्छ भनि बात सुनेर ताहाँ ।।
यूधिष्ठिरै नृपति स्वर् गरि ऊच्च वाहाँ ।
भन्नूभयो गइ तलाउ किनारमाहाँ ।।२८।।

हे दूरजोधन कलङ्क ठुलो लगाइस् ।
यो कूरु क्षत्रिय बडा कुलको बिगारिस् ।।
नाशेर है जलमहाँ लुकछस् कसोरी ।
कातर् बनेर अब सुख् पनि छैन तेरी ।।२९।।

निस्केर हामिहरुको त तुल्या त धूलो ।
थीयो गयो उडि कता अभिमान ठूलो ।।
पैल्हे घमण्ड विरता गरथीस काहाँ ।
हीँडीस लाज् नगरि लूकन पानिमाहाँ ।।३०।।

कुल्मा नला अब कलङ्क तँ निस्कि ऐल्हे ।
सङ्ग्राम गर् भनि कहे ति युधिष्ठिरैले ।।
उत्तर् मिलेन पनि यो उस शब्द माहाँ ।
आयो प्रतिध्वनि फगत् गरि क्रोध वाहाँ ।।३१।।

भीम्सेनले तहिँ कहे सुन रे अधर्मी ।
रे दुष्टबुद्धि निकसी नहिँ ता कुकर्मी ।।
जल्मा पसी पकडि टूपि घिसार्छु काहाँ ।
छोड्छू गदा शिर चुरै गरिदिन्छु याहाँ ।।३२।।

यस्तो सुनी वचन फेर् दुरजोधनैले ।
क्यै भन्न तत्पर थिए जलि खूब् मनैले ।।
भन्नै नपाइ त यसुधिष्ठिर फेर जागी ।
बोले तँ रे मुरख क्षत्रिय कूल दागी ।।३३।।

ले आज हामिहरुले पनि पाप भारी ।
तेरो छ डण्ड अब दीन भयौँ तयारी ।।
लौ आ खडा करनिको फल भोग् उतारी ।
लुक्छस् कता प्रिय कुटुम्ब सबै सँघारी ।।३४।।

के बाँचछस् भनि वचन् सुनि पानिमाहाँ ।
दुर्योधनै मन नथाम्न सकेर ताहाँ ।।
उत्तर् दिए नृप डराउँछु मर्न कैल्हे ।
आएँ थकाइ पनि मारन लुक्न ऐल्हे ।।३५।।

पीडा भयो बहुत घाउ भएर आङ्मा ।
घोडा र सारथि मर्यो रथ टूटि रणमा ।।
विश्राम् गरूँ भनि पसेँ म जलै बिचैमा ।
निश्चय परन्तु अब बूझ तिमी मनैमा ।।३६।।

साव्धान हौ निकलि मारछु येमपूरी ।
भेज्छू भने सुनि युधिष्ठिर मूरमूरी ।।
भन्नुभयो ठिक कह्यौ अहिले विचार ।
खोज्यौ नपाइ अब आउ मिले र मार ।।३७।।

निष्कण्ट यो पृथिवीको पनि मोज भारी ।
लेऊ कि जाउ तिमि ता स्वरगै सिधारी ।।
यस्तो सुनी नृपसँगै तिनि झोक झारी ।
बोले विनाश् सब गर्यौ तिमिल्यै मारी ।।३८।।

वीर्वीर ती भिषम द्रोण र कर्ण तारा ।
यो देशका वीर सुते रणमा त सारा ।।
यो वीरहीन पृथिवी अब आस मार्छू ।
ओढी हरीण चमडा वनवास् सिधार्छू ।।३९।।

जान्छू छईन पनि लालच राज्यलाई ।
दिन्छू म राज्य तिमिलाई त भोग दाई ।।
यस्तो युधिष्ठिर सुने तब हेर भाई ।
बोले नरोउ तिमि बात् पनि यो बनाई ।।४०।।

तिम्ले दिएर अब राज्य म लीनलाई ।
चाहा छईन भुजको गरि बल् बढाई ।।
यो राज्य ता जितिसकेँ सुन तीमिलाई ।
मारी अकण्ट तुल्याउँछु राज्य भाई ।।४१।।

निश्चिन्त भोग गरछू गइ राजमाहाँ ।
ऊदारता नगर सक्छउ दीन काहाँ ।।
छैनौ तिमी अब समर्थ दिनै मलाई ।
छूटेर राज्य त हिँड्यो अघि ता तँलाई ।।४२।।

सीयोभरी जमिन दिन्न भनी खिस्यायौ ।
अप्मान कृष्णजिकनै तिमिले तुल्यायौ ।।
फिर्ता दिनै सकल राज् पनि आज हाई ।
ऐल्हे तयार् किन भयौ मइँ शत्रुलाई ।।४३।।

मूर्खै समान् बनदछौ जिउँदै अहीले ।
कम्बर् कस्यौ त पनि राज्य दिनै तिमीले ।।
हे मूर्ख हे नरअधम् विष फेर् खिलाई ।
मार्नै त तत्पर थिइस् जिउँदै डढाई ।।४४।।

छल्ले जुवा रचि हरिस् पनि राज्यलाई ।
फेरी सभाबिच लगीकन हेर हाई ।।
वस्त्रै खिचिस् द्रुपदि मन् अबला दुखाई ।
निर्लज्ज पारछु भनिस् कउसिस् लगाई ।।४५।।

ठूलो गरिस् कति भनूँ अतिचार याहाँ ।
ज्यूँदै तँलाई अब छोड्दछु आज काहाँ ।।
सङ्ग्राम गर्न लुकि बात् भनि धेर् सुनाए ।
वाक्शर् अरूहरु पनि गरि दिक् तुल्याए ।।४६।।

आगोसरी हुन गई जलमा त तोड्ले ।
बार्बार हात पटकी तिनि ओठ जोड्ले ।।
टोक्दै गरम्गरम श्वास चलाई ताहाँ ।
बोले सुयोधन युधिष्ठिरसीत वाहाँ ।।४७।।

हे नृपती अति मलाई थकाइ लाग्यो ।
क्यै छैन अस्त्र तिमिले त नठान भाग्यो ।।
खाली म छू फगत एक गदा छ याहाँ ।
तिम्रो छ मारथि सहित् सब पूर्णमाहाँ ।।४८।।

शस्त्रास्त्र छन् सकलका त पनि करैमा ।
वाहन् सहायक रथै छ सबै सँगैमा ।।
खाली म छू तइ कहाँ हटछू रर्णमा ।
हट्दीन एक्यक त आउ रणस्थलैमा ।।४९।।

डर्दीन मार्दछु लडी म यकै छिनैमा ।
पाँच् भाइ लौ तिमि र कृष्णसितै बलैमा ।।
कत्ती नडर् गरि म लड्दछु आज लौ रण् ।
एक्लै जसो गरि श्रिसूर्य प्रताप ढाक्छन् ।।५०।।

देख्दै सबै मलिन हुन्छ बिलाई तारा ।
उस्तै म जित्तछु यहाँ पनि आज सारा ।।
साव्धान हौ अब जयद्रथ भीष्म द्रोण ।
भूरिश्रवा शकुनि फेर् भगदत्त कर्ण ।।५१।।

शल्यै र भाइ पुतरैहरुको त मर्ण ।
बिर्सन्न सक्दछु कहाँ शकछौ त टर्न ।।
याहाँ परन्तु सबले मिलि धर्म छोडी ।
एक्लो सँगै नलड भन्दछु धर्म तोडी ।।५२।।

यस्तो युधिष्ठिरजिले बचनै त सूनी ।
हाँसेर व्यङ्ग्य वचनै ति कहे नगूनी ।।
वाह्वाह आज तिमरो मुखदेखि याहाँ ।
धेर् दीनमा धरम बात् निकल्यो त काहाँ ।।५३।।

हाम्रो सुभाग्य अति हो डर मृत्युमाहाँ ।
निस्कीगयो धरमको शबदै त याहाँ ।।
आश्चर्य लाग्छ मनमा अब निस्क भाइ ।
लेऊ म दिन्छु दिल जुन् छ उ शस्त्रलाई ।।५४।।

हामी यि पाँचहरुमा तिमि एक बीनी ।
लौ मार सक्छउ भने तिमिले त छीनी ।।
यो राज्य पूर्ण अधिकार् गर तीमि ठानी ।
हामीहरू सब जित्यौ भनि बूझ मानी ।।५५।।

यस्तो वचन् सुनि सुयोधनले त ताहाँ ।
बोले म लड्दछु गदा सँगमा छ याहाँ ।।
यस्ले लडेर जितछू तिमिलाई काहाँ ।
छोड्छू नमारि सब सैन्य अगाडिमाहाँ ।।५६।।

नाश् गर्छु इन्द्र पनि होस म डर्छु कैल्हे ।
यो सूनि उत्तर दिएर युधिष्ठिरैले ।।
भन्नूभयो अति बकेर नबोल तिम्ले ।
सुख् छैन निस्क अब आँख न तीमि चिम्ले ।।५७।।

जाऊ स्वरग् लडि गदा यकसाथ माहाँ ।
मुस्किल् छ बाँच्न पनि आज भनेर ताहाँ ।।
सूनेर बात् नृपतिको अति वेग चक्मा ।
झूलो झईँ दहकिए गरि क्रोध मन्मा ।।५८।।

निस्के सुयोधन नजर् गरि लाल ठूलो ।
बोले ति पाण्डव अरे बनछौ त धूलो ।।
आफ्नू घमण्ड फल भोग्छउ आज रणमा ।
पाञ्चाल वीर् सुनि हँसे तहिँ खूब जोर्मा ।।५९।।

त्यो हँस्सिलाई नसही ति कवच् लगाए ।
मत्ता गजेन्द्रसरि वीर गदा घुमाए ।।
लल्कार् गरे ति दुरयोधान रीसमाहाँ ।
घाऊ थियो चलनिझैँ पनि आङ् ताहाँ ।।६०।।

धोएर पानिहरुले मुख फाटि जाहाँ ।
गण्डस्थलै फुटिगए झइँ हात्ति ताहाँ ।।
शोभा थियो गरजि सिंहसरी त ऐल्है ।
एक्एक आउ गरि न्याय म छोड्छु कैल्है ।।६१।।

यस्तो सुनी वचन फेरि युधिष्ठिरैले ।
आज्ञा भयो कउन न्याय गरीस तैँले ।।
हे दूरजोधन सुनिस् यकलो तुल्याइस् ।
घेरेर बालक अहो अभिमन्यु मारिस् ।।६२।।

काहाँकहाँ उडिगयो पनि ज्ञान हाइ ।
हुन्छस् कसो गरि तँ न्यायि त डिङ् बढाई ।।
के बोल्दछस् बितिसक्यो अब धेर् कराई ।
लौ मार पाँचहरुमा पनि एकलाई ।।६३।।

स्वामी अवश्य बनछौ भुमिमा त भाई ।
श्रीपेच यो कवच दिन्छु म तीमिलाई ।।
सामग्रिको कमि छ जो चुनिलेउ ऐल्हे ।
सीवाय प्राण अरु थोक् सब दिन्छु मैले ।।६४।।

यस्तो वचन् सुनि पुरानुहरू छुटाए ।
श्रीपेच टुट्फुट कवच् थुपरो लगाए ।।
श्रीपेच् कवच् पहिरि फेर् लि गदा जुधाउ ।
बोले ति पाँचहरुमा पनि एक आऊ ।।६५।।

मेरासँगै फगत एक गदा चलाऊ ।
सङ्ग्राम लौ गर भनी भइ फेरि माऊ ।।
आगे सुयोधन बढे अनि कृष्ण ताहाँ ।
यूधिष्ठिरैसँग कहे गइ सुस्तमाहाँ ।।६६।।

गर्नूभयो नृपति भूल् पनि धेर आज ।
ईश्वर् कृपा भइ बच्यो सब राजकाज ।।
यदी नकूल सहदेव्कन रोजदा हुन् ।
हूने थियो उसबखत् नतिजा यहाँ कुन् ।।६७।।

हुन्थ्यो पनि गरन के बुझनोस याहाँ ।
भीम्सेन् सिवाय दुरयोधान साथ काहाँ ।।
सङ्ग्राममा भिडन सक्दछ यो नजर्मा ।
देख्दीन कोइ म गदा लडन् समरमा ।।६८।।

भीम्सेनझैँ बलि चतुर् तिनिदेखि यी छन् ।
छैनन् कमी पनि सुयोधन ता बली छन् ।।
रोजेर पाँचहरुमा यहि एक आज ।
मारे समस्त अधिकार् पनि दिन्छु राज ।।६९।।

भन्नूभयो रिस र साहस क्रोध् दिलैमा ।
खेल्नूभयो अघि जुवा शकुनी छलैमा ।।
ऊ खेलको भुल छँदैछ अझै विपत्मा ।
भोगेर तै नपुगि खेल् दुसरा कुघत्मा ।।७०।।

बाजी लगाउनु भयो पनि अज कीन ।
पार्यौ करोडन अघी भुलि प्राण हीन ।।
यो राज्य प्राप्त अहिले यकलाई रोज ।
मारेर दिन्छु पनि भन्नुभयो त मोज ।।७१।।

तेस्तो करार् गरनुभो सनकोच् नलीई ।
बित्यो खराब् उ प्रभुले त सहाय दीई ।।
पाँच् भाइमा धरमयुद्ध गरी कसैले ।
सक्दैन जित्न सहजै तिनलाई क्वैले ।।७२।।

याहाँ गदा रण गरी कसरी विचारी ।
दिन्छु पनि भन्नुभो यकलाई मारी ।।
दुर्योधनै नृपति छन् बहुतै चतूरा ।
सन्देह लाग्छ जितने पनि बात पूरा ।।७३।।

देख्छू म कन्ती पुतरै दुख पाइ जानै ।
केवल् जनम् लिनगयौ भिख मागि खानै ।।
राज्सूखको छइन भोग् वनवासि हूनू ।।
बात् गर्नुहुन्छ अझतक् चुकि दुःखि हूनू ।।७४।।

निन्दा सुनी भिम कहे दिक भै मनैमा ।
हे कृष्ण के छ डर यो छ गदा करैमा ।।
उस्देखि चार् गुण छ ज्यादि बलै रणैमा ।
शंका नहोस् प्रभु म मार्छु भने छिनैमा ।।७५।।

आज्ञा भयो सुनन लौ तिमरो बलैमा ।
जीते युधिष्ठिर यि शत्रु बुझे मनैमा ।।
तिम्ल्यै पराक्रम गरी सब शत्रु जोता ।
हूँदा भए वध कुमार् धृतराष्ट्रो ता ।।७६।।

मार्यौ गरीकन करार् सब बात् पुर्याउ ।
यो बाँकि एक अब मारि खुसी तुल्याउ ।।
यूधिष्ठिरै नृपतिको सब राज्यमाहाँ ।
निस्कण्ट पार जड यो पनि काटि याहाँ ।।७७।।

यस्तो सुनीकन युधिष्ठिरहरु आदि ।
फेर् धृष्टद्युम्न विर सात्यकि पाञ्चलादि ।।
लागे ति गर्न भिमको खुब है प्रशंसा ।
बढ्दै गयो अनि तहाँ रण गर्न मन्सा ।।७८।।

फेरी भुजा श्रिभिमसेन् मलि चारदीशा ।
हेर्दै युधिष्ठिरसँगै भिमसेन र्हीसा ।।
बोले म हे नृपति यो त गदा चलाई ।
मारी अकण्टक तुल्याउँछु राज्यलाई ।।७९।।

सब् दीनको हृदय क्रोध् पनि दूर् गराई ।
शान्तै म हुन्छु उसको यहिँ प्राण् निभाई ।।
मर्नेछ मूर्ख जयमाल हजूरमाहाँ ।
पैर्हाउँछू हजुरको पनि आज याहाँ ।।८०।।

धृतराष्ट्रले सुनि भुलै अघिको विचारी ।
हाहा ति शोक गरनन् अति दुःख भारी ।।
यस्तो कहीकन कछाड कवच् लगाए ।
ताहाँ अनी ति दुरजोधनको बुलाए ।।८१।।

लल्कार खूब गरदै रण गर्नलाई ।
भीम्सेन् खडा तहिँ भए अनि फेर् रिसाई ।।
क्रोध् धेर् गरेर दुरजोधन जल्दि ताहाँ ।
भीम्सेन सामु ति गए खुस होइ वाहाँ ।।८२।।

केही थिएन घवराहट मूखमाहाँ ।
फूर्ती थिए ति नथकित् झइँ गाथ ताहाँ ।।
देखेर सो त भिमसेन कहे ति वाहाँ ।
रे रे सुयोधन मुरख् बचछस् तँ काहाँ ।।८३।।

खोजीस मारन पनि जिउँदै अगिन्मा ।
तँले लगीस द्रुपदी नछुने सभामा ।।
खोजीस गर्न हुरमत् बचिगो उ इज्जत् ।
मीलेर दुष्टहरु साथ गरीस दुःखित् ।।८४।।

राज्यै जितीस अतिचार गरेर भैया ।
रे पापि जानु पनि भो गुरुजी पुजैया ।।
बाजे अनी सुतनुभो गरि बाण शथ्या ।।
तैँ होस पाप जड यो बुझ रे बझैया ।।८५।।

मर्दा भए सब जना गरि भूमि शथ्या ।
तेरा गए सब जना शकुनी छलैया ।।
हूँदा भए पुतर पौत्र सबै मरैया ।
पापी गयो द्रुपदि केश् पकडी खिचैया ।।८६।।

मार्छू तँ बाँकि अब एक् बुझिलेन भैया ।
शिर् चूर पार्छु लि गदा चलदैन दैया ।।
बोले सुयोधन सुनी बकवाद् गरी यो ।
लाभ् छैन भीमसिन दिखा गरि काम् बलीयो ।।८७।।

मिष्ठान्न थालिभरि खान त है तँलाई ।
मिल्दैन आ बल भया रण गर्नलाई ।।
यस्तो सुनेर भिमसेन् तहिँ ताल् बजाए ।
पाञ्चाल्हरू त दुरजोधनको चिढ्याए ।।८८।।

प्यारै थिए अति सुयोधन वीर ताहाँ ।
सङ्ग्रम निम्ति अघि बात् नमिलेर वाहाँ ।।
वीरोध् बुझी तिरथ गै बलराम घुम्दै ।
आऊनुभो उहि बखत् तहिँ हेर्न झुम्दै ।।८९।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित