युधिष्ठिरले वनमा जान्छु भन्नु र राज गर भनेर ऋषिहरू बुझाउन आउनु,
कृष्ण भाइ सबले सम्झाउनु, सङ्ग्रामको जय कृष्णको दिनु

जीत् भो समर् तर युधिष्ठिर नृपलाई ।
मनमा छुटेन रति शोक् परि बन्धुभाई ।।
गङ्गाजिकै तिरमहाँ सब भाइलाई ।
भन्नूभयो जितिलियौ तिमिले लडार्इँ ।।१।।

हे पार्थ भीमसिन तिमीहरुले त जाई ।
साथमा लिएर सहदेव नकूललाई ।।
चार्ततर्फ राज्य कुरुकुल् त सँभाल भाई ।
रक्षा गरे सब गई परिवारलाई ।।२।।

देख्दीन है गई दुखी परिवार हाई ।
जान्छू भने वन युधिष्ठिर मन् रुवाई ।।
शोक् गर्नु भो खबर यो चहुतर्फ पाए ।
संन्यासि साधु विद्वानहरू धेर आए ।।३।।

नारद् र व्यास मुनि देवल कृष्ण फेरि ।
ठूलाठुला डिहलिका जन भाइ घेरी ।।
आए बुझाउन अनी सबलाई वाहाँ ।
दीए ति असन युधिष्ठिर रोइ ताहाँ ।।४।।

भन्नूभयो सकल यो पनि राज्यलाई ।
छोडेर जान्छु अब राज् दिइ भाइलाई ।।
बस्नै नमञ्जुर गरी खुप् दिल् दुखाए ।
श्वासै खिचीखिचि कही दिक् गराए ।।५।।

जीतेर राज्य पनि हार् झइँ भो त याहाँ ।
हाहा बडा जउनका बसि काखमाहाँ ।।
बालापनै बितिगयो जसले मलाई ।
पालेर पुत्रसरिनै त दिए बढाई ।।६।।

उस्ता पितामह श्रिभीष्मजिलाई जाई ।
शीखण्डि आड गरि काँड् अरजुन् चलाई ।।
घायल् गरे गिरिगए निठुरो मलाई ।
बेहोस भो उस बखत् किन रोइरोई ।।७।।

मैल्यै झुटो अनि कही गुरुद्रोण दिल्मा ।
विश्वास भो मरिगए भनि अश्वथामा ।।
प्राणै त्यजे मकन सत्य विचारि तिन्ले ।
सोध्नूभयो अधम बात गरेँ म हीन्ले ।।८।।

विश्वासघात हुनगो गरुँ मईँले ।
प्राणै हरेँ अब म तर्दछु कन् गतीले ।।
दाजू पराक्रमि ठुलो विर कर्ण हाइ ।
मारेँ पठाइ अनिफेर् अभिमन्युलाई ।।९।।

जो चत्रव्यूह पनि फोरनको खटाई ।
वध् भो उ बालख कहूँ कति हाइहाई ।।
आफ्ना मरेर सुनसान्य मसान जस्तो ।
त्यो राज्यमा त मिलला गइ सुख्ख कस्तो ।।१०।।

हूँदैन शान्ति अब गै यस निम्ती याहाँ ।
वन्मा बसी जिवन काटछु जाउँ काहाँ ।।
यस्तो विलाप् सुनि युधिष्ठिरलाई हेरे ।
देवर्षि नारदजि व्यास महर्षि घेरे ।।११।।

श्रीकृष्णले कहनु भो इतिहास् पुराना ।
दीई प्रमाण् सकल शास्त्र बताइ नाना ।।
सम्झाउँदा पनि युधिष्ठिरलाई केही ।
शान्ती भएन हृदयै जलनै त देही ।।१२।।

भीम्सेन अर्जुन अनी दिल खिन्नमाहाँ ।
बोले रुखो वचनले तिनिहरु वाहाँ ।।
हे दाजु हामिहरुले लडि युद्ध धेर ।
मार्यौँ सबै स्वजन एक नछाडि देर ।।१३।।

केवल् गरेर यहि आस हजूरलाई ।
सिंहासनै उपरमा धरि हामि भाई ।।
हौँला सुखी भनि लड्यौँ समझेर जाइ ।
मार्यौँ सबै स्वजनको गरि पाप हाइ ।।१४।।

वन्मा भने हजुरले पनि हामिलाई ।
वध् गर्नु कौरव भनी उकसाइ साई ।।
हुन्थ्यो वचन् करणले दिइ दुःख दाई ।
निन्दित् वचन् गरनुभो पनि हामिलाई ।।१५।।

विश्वासघात यसरी पछि बात् नमानी ।
गन्र्यैत मालुम भए मनमा त ठानी ।।
पाथ्र्यौं अनाहक कहाँ सब तीनि प्राणी ।
पाप् बोकथ्यौँ शिरमहाँ किन जानि हानी ।।१६।।

वन्मा बसेर बरु फल्फुल खाइ पानी ।
बस्थ्यौँ कठै भुल भयो अति लोभ मानी ।।
ठूलो मिहेनत गर्यौँ सुख राज्य जानी ।
प्राप्तै गर्यौँ वध गरीगरि लाल्चि बानी ।।१७।।

हाम्रो छ भोग् गरन दील हजूर ज्ञानी ।
वैराग्यवान हुनुभो अबलाई ग्लानि ।।
सूनी युधिष्ठिर यि बात कहे ति गूनी ।
हे भाइ हो नबुझि यो छ असार जूनी ।।१८।।

मुख्यै त रण् गरि लड्यौँ रण हो त खूनी ।
धर्मै छ सूक्ष्मगति ज्ञान् भनछन् श्रिमूनी ।।
त्यो धर्म लिन्छन ति केवल जानि छानी ।
यस्तो सुनी तब भनिन् अनि कुन्ति रानी ।।१९।।

बोले नकूल सहदेव् पनि पेच हानी ।
राज् गर्न सम्मति दिए तर बात् नमानी ।।
शिक्षा र सम्मति कुनै जनको नलागी ।
युधिष्ठिरै चुप रहे रति शोक् नत्यागी ।।२०।।

शान्ती नदेखि तब ईश्वर कृष्ण सोची ।
लाग्नूभयो तहिँ बुझाउन बात घोची ।।
अस्त्रै त दिव्य हतियार्हरु देखि भारी ।
कृष्णै वचन् पनि थियो अति शक्तिधारी ।।२१।।

श्रीवेद फेर् उपनिषद् सब बात् विचारी ।
उपदेश् थियो प्रभुजिको कुन सक्छ टारी ।।
जो धर्मशास्त्र इतिहास् ठिकठीक ताहाँ ।
राज्नीतिहरु त थियो बिचबीचमाहाँ ।।२२।।

ठूलो प्रभाव गडने हृदयै विदारी ।
वर्णन् प्रभू गरदथे सब छक्क पारी ।।
सुन्ने मनुष्य उ बखत् भइ मोह भारी ।
तस्बिर् सरी बनदथे ठिक बात् विचारी ।।२३।।

सक्दैनथे वचन खण्डित गर्न टारी ।
ज्यादूसरी गरनुभो कहि श्रीमुरारि ।।
श्रीकृष्णको झइँ सबै चउतर्फ भारी ।
क्वै थेन पृथिवि महाँ विर ऊपकारी ।।२४।।

सर्वज्ञ राजनितिवान् सब शास्त्र जान्ने ।
साक्षात् स्वयम् प्रभु हरी सब लोक मान्ने ।।
श्रीकृष्णको वचन अम्मृत झैँ पियारा ।
केको नहोस दुर शोक उडेर सारा ।।२५।।

श्रीसूर्य ऊदय हुँदा जसरी तुषारा ।
बीलाई जान्छ उहि ठीक् तहिँ शोक धारा ।।
यूधिष्ठिरै नृपतिको नभएर थाहा ।
शोकै गयो खुसि भई भइ दीलाहाँ ।।२६।।

बोले युधिष्ठिरजिले अब कृष्ण याहाँ ।
पाएँ म सम्मति असल् पनि छोड्छु काहाँ ।।
यो रण् समुन्द्र झइँ पार जहाज ठूलो ।
पार् तारि दूर् गरनुभो पनि मोह चूलो ।।२७।।

उद्धार गर्नु भइगो न जनम् भुलूँला ।
जो हुन्छ बात नगरे कसरी तरूँला ।।
यो बात् युधिष्ठिरजिको सुनि फेरि ताहाँ ।
श्रीकृष्णले भन्नुभो गुणि भुल्छ काहाँ ।।२८।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित