द्रौपदीको विलापले मणि झिक्न जानु, पैल्हे ब्रह्मशिर जानि द्वारिका आएको,
कृष्णले कुरा गरी भीमको सहाय भई जानू, डरले ब्रह्मशिर अश्वस्थामाले चलाउनु उत्तराको गर्भसमेत नास्न छोड्नु, व्यासले कहि अर्जुनले खैंची कृष्णले गर्भ रक्षा, मणि दी श्राप पाई अश्वस्थामा वनमा जानु, फर्की मणि दिएको

बितेर जब रात् गयो तिरमहाँ ति पाण्डव् उठी ।
शिविर् तिर गए तहाँ जति थिए ति जम्बा जुटी ।।
नजर् परि सबै दशा पुतरहरु मृत्यू सुनी ।
गिरेर मुरछा परे सब यि बात गूनीगुनी ।।१।।

श्रिकृष्ण विर सात्यकी दगुरि झट् उठाई धरे ।
बुझाउनु भयो हरी अति विलाप् युधिष्ठिर् गरे ।।
उठेर तहिँ यो भने रण समुन्द्र पारै तरी ।
उतीरण हिजो थियो सकल आज् बिलाए मरी ।।२।।

पुगे पनि ति आज् कहाँ कउन जालपास्मा परी ।
विचित्र गति कालको जितन सक्छ को काल् तरी ।।
यि बात सुनि द्रौपदी पुतर मृत्यु सम्चार्महाँ ।
दुखी अति हुनिन् भनी नकुललाई भेजे वहाँ ।।३।।

बुझाउन पठाइ फेर् नृप भए विकल् धेर् तहाँ ।
रुँदै अति अघोरको भिषम द्रोणको बाण्महाँ ।।
न मृत्यु भइ यो बखत् पुतर हाय हिँड्यौ कहाँ ।
गरे वध कसो गरूँ भुल भएर मेरै यहाँ ।।४।।

फऊज नृपपुत्र सब् चलिगयौ तुल्याई कठिन् ।
भनी गरि अनेक शोक् नृप भए बहूतै मलिन् ।।
सुतेकि द्रुपदी थिइन् सुनि विलाप गर्दै उठिन् ।
रुँदै ति द्रुपदी लिई नकुललाई आई गइन् ।।५।।

ति उत्रि रथदेखि झट् पुतर सम्झि मूर्छा परिन् ।
दगूरि द्रुपदीजिको धरिलिए तहाँ भीमसिन् ।।
उठायर बुझाइ फेर् तिनि रुँदै सचेत् क्यै भइन् ।
युधिष्ठिरसँगै बसी मन मलिन् अधीरै परिन् ।।६।।

भनिन् ति प्रभु हे पते पृथिविराज प्रालब्ध नै ।
मिल्यो हजुर राज्य यो पुतर दीइ हा भेट नै ।।
प्रियै ति अभिमन्युको बिरसि पुत्र हा मोजले ।
अरू पनि कुमारको समझना भुल्यो राज्यले ।।७।।

छ छैन तिनिको त याद् कहनुहोस द्रोण्पुत्रले ।
पियार हृदयैसरी वध गरे कुमार् दुष्टले ।।
सुनेर चिरियो मुटू सहनलाई शक्तीन मन् ।
हजूर तिनिको वैध नगरिबक्सिए फल्छु तन् ।।८।।

अनाज् पनि नखाइ प्राण् बरु म छोडछू कष्टले ।
विलाप सुनि हे प्रिये कहनु भो युतिष्ठीरले ।।
तिमीसरि त बुद्धिमान् छइन सुन्दरी दिक्कले ।
नबोल स्वरगै पुगे धरम युद्धमा पुत्रले ।।९।।

न शोक गर भाइ ती पुतर मृत्युको मोहले ।
म मारुँ कसरी अहो गुरुजिपुत्र यो देहले ।।
कऊन परवत् गुफा वनमहाँ लुकेको त छन् ।
सुनी वचन द्रौपदी मधुर फेरि विन्ती गरिन् ।।१०।।

मलाई हे प्राणनाथ जउन मणि शिर्मा धरदछन् ।
ति अश्वस्थामाको तिनि मणि लिनोस् खुब् भइ मगन् ।।
लगाऊनोस् श्रीपेच् तब म खुस हुन्छू नहिँ त तन् ।
म छाड्छू रोक्ला को बुझिलिनुहवोस् निश्चय छ मन् ।।११।।

गरी यस्तो हठ् ती उठि द्रुपदी भीम्सेन्सँग गइन् ।
भनिन् हे भीम्सेन्जी हजुरविनु राख्ला कुन चइन् ।।
लहाघर्मा सबको हजुर गरनूभो पनि जतन् ।
भए रक्षा पाण्डव् वन बिच अनी राक्षस जवन् ।।१२।।

हिडिम्बै फेर् दुःशासन किचक आदी दुरजधन् ।
सबै मार्नू भैगो गरि मरि पुरा आफनु वचन् ।।
लिनूभो शर्णै ता यस बखतमाहाँ पनि लडी ।
ति अश्वस्थामाको मणि लिनुहवोस् लौ यसघडी ।।१३।।

प्रभो अब्ला रक्षा अब गरनुहोस् यो तहिँ कही ।
महारानी तीनी द्रपदि रुन लागिन् रहिरही ।।
उठी रीस् भीमसेनले नसहि धनुबाणै लिइ तहाँ ।
बसे रथमा चाँडै नकुल गरि झट् सारथि वहाँ ।।१४।।

पवनझैँ रथ् दौड्यौ धनुष पनि टङ्कार् खुब गरे ।
पुगे दूर्मा भीम्सेन् अनि भन्नुभो कृष्णजि हरे ।।
युधिष्ठिरजीलाई सुन्नु पनि होस् भीमसिन गए ।
ति छोराहेरूको मरण हुन गै दिक् अति भए ।।१५।।

ति मार्छु भनि द्रौणिको चलिगए अहीले कहाँ ।
हजूर भिमसेनको सकल भाइ बीचैमहाँ ।।
पियार अधिकै ति छन् यस निमित्त चाँडै अनि ।
ति भीमसिनको गई गरनुहोस रक्षा पनि ।।१६।।

पुरानु यक बात यो सुन्नुहोस् गुरूद्रोण् तिनी ।
धनुर्धर सबैमहाँ बहुत श्रेष्ठ हुन् खूब् चिनी ।।
किरीटिउपरै तिनी मनमहाँ अती खुस् भई ।
श्रिब्रम्हशिर नामको दिनुभयो र अस्त्रै गई ।।१७।।

कुनै दिनपछी उही दिनुहवोस अस्त्रै भनी ।
गरेर अतिओर् ति द्रोण् पुतरले त मागे पनि ।।
बहूत मन चञ्चलै पुतर दुष्टभावै बुझी ।
तहाँ ति दिन ब्रम्हशिर् मन थिएन रत्ती सुझी ।।१८।।

परनतु पछि शोचि के दिनुभयो सिकाइ अनि ।
नचित्त बुझि तै कहे सुनन बाबु कैल्हे पनि ।।
नछोडनु त अस्त्र यो रिस गरेर क्वैसङ् कसी ।
सिवाय किरिटीविना छइन छोडि खिच्ने बसी ।।१९।।

विधान यसको सबै बुझन बाबु छौ धेर् कमी ।
भने श्रि गुरुद्रोणले नृपति फेर सुन्नोस् घुमी ।।
ति द्वारवति द्रोण्कुमार् कुनइँ दीन आईगए ।
बहुत् गरि त आदरै सकल यादैव खुस् भए ।।२०।।

तिनी कुनइँ दीनतक् वहिँ रहेर मग्नै भई ।
समुद्र तट एक दिन् घुमदथे मसङ्मा गई ।।
ति हाँसी मसँगै कहे सुन्नुहोस् पिता दुख् गरी ।
परिश्रमसितै लिए मुनिअगस्तसङ् प्रेम् धरी ।।२१।।

कठीन पनि ब्रम्हशिर् लिनुभयो त नास्ने अरि ।
सिकाइदिनुभो बुबा चकर लिन्छु सट्टा गरी ।।
दिनोस भनि जिद्दि धेर् हठ गरे तिनीले वहाँ ।
कहेँ म पनि चक्र फेर् धनु गदा छ शक्ती यहाँ ।।२२।।

यि चारहरुमा जउन् सकनुहुन्छ लीनोस् पनि ।
म दिन्छु बरु सित्तई बदलि लिन्न सट्टा भनी ।।
सुनी वचन खुस् परे चकरको त सम्मुख् सरे ।
उठाए तर एक् रती नउठि दीकदारै परे ।।२३।।

ति द्रोणसुत लाजले बसिगएर मैले कहेँ ।
पियार अति पार्थ छन् सुनन फेर् हिमालै रहे ।।
वहाँ बहुत तप् गरी गरभ रुक्मिनीले धरी ।
जनम् त परद्युम्नको हुनगयो उ प्राणैसरी ।।२४।।

पियार तिनि पुत्र फेर् गद र साम्ब सम्मुख् परी ।
श्रिदाजु बलरामले भन्नुभेन साहस् गरी ।।
उ बात तिमिले गर्यौ भरतकूलका मान्य हौ ।
यसै निमति माफ् गरेँ वचन यो गुरूपुत्र हौ ।।२५।।

यि यादवहरू गरे बहुत आदरै बेसरी ।
बताउ लिइ चक्र यो कउन मारछौ रीस् गरी ।।
यि बात मइँले पुछी कहिलिए ति चक्रै धरी ।
अगाडि हजुरै जिती सकल बस्दथेँ वश् गरि ।।२६।।

परन्तु लिन दिव्य यो चकर लायकै छौ हरि ।।
म लिन्न भनि उत्तरै दिइ ति जान तर्खर् गरी ।।
बिदा हुन तयार् भए धन र गाइ धेर् चीज् अनि ।
खचड् र गज अश्व रथ् बहुत रत्न दीए पनि ।।२७।।

हिँडे तिनि खुसी भई मिलि गएर बेस् चिज् चढी ।
ति भीमसिनको अबै रिस निभाउनै क्रोध् चढी ।
छ ब्रम्हशिरको प्रयोग् जरुर गर्दछन् यो घडी ।
वृकोदर बचाउ लौ झट गएर ऐल्हे लडी ।।२८।।

हुकूम भइ झट् गरे रथ तयार दारुक् वहाँ ।
श्रिकृष्ण अर्जून् बसे नृप युधिष्ठिरै रथ्महाँ ।।
चलेर भिमसेनको पछि पुगे ति जल्दी अनि ।
पुकारि सबले तहाँ नगर द्रौणिको वध् भनी ।।२९।।

परन्तु दगुराइ रथ् नसुनि केहि भीम्सेन् वहाँ ।
पुगे ति जगतारिणी सबजना त गङ्गामहाँ ।।
र व्यास मुनिको तहीँ कुटि भिरत् ति द्रौणी थिए ।
अचानक नजर् परी बहुत द्रौणिले डर् लिए ।।३०।।

खडा रह भनी पुगे धनु चढाइ भीम् झम्टिए ।
श्रिकृष्ण अरजून फेर् नृप युधिष्ठिरै देखिए ।।
डराइ झन द्रोणसुत् जलदि अस्त्र हातमा लिए ।
नसूझि मन हड्बडी उसइ ब्म्हशिर् छोड्दिए ।।३१।।

उ ब्रम्हशिर अस्त्रको अगनि चारवर् फैलियो ।
समुद्र वन पृथिवी डगमगै भई कम्पियो ।।
दिखेर सब कृष्णले हुकुम अर्जुनैको भयो ।
प्रयोग गर ब्रम्हशिर् नहिँ त प्राण् वृकोदर् गयो ।।३२।।

चलाय सुनि पार्थले जलदि ब्रम्हशिर् ढाकियो ।
विज्ञान रितले तयार् जउन दिव्य अस्त्रै थियो ।।
श्रिभीष्म अर्जून द्रोण् नृपतिराज् युधिष्ठीरले ।
ति द्रोणसुत सात्यकी करण फेर् अभीमन्युले ।।३३।।

सिवाय पनि भारतै रणविषे त धेर् कोइले ।
उ दिव्य हतियारको गरि प्रयोग फेर् शान्तिले ।।
खिचीकन लिनै तहाँ बहुत कम् थिए ज्ञानले ।
गई गगनमा भिड्यो दुइ ति अस्त्र एक् ज्यानले ।।३४।।

बटारि सरपै सरी चहुँदिशी त थर्थर् हुने ।
भयो अगनि झल्झली हृदयमा करूण हुने ।।
महर्षि तब व्यासले बिगरि जान्छ संझी मनै ।
भने ति अरजून फेर् ऋषि ति अश्वथामाकनै ।।३५।।

दुवै ति समझाइ बेस् गरि बुझाइ ताहाँ अनि ।।
दुवै अनुचितै गर्यौ सुनन वीर हो यो पनि ।।
हुनेछ समनै पनि जउन ठाममा यो गिरी ।
प्रजाकन हुनेछ दुख् उहिँ त बाह्र वर्षैभरी ।।३६।।

नबर्सि जल काल् परी नभइ अन्न हाहा गरी ।
प्रजाहरु छ नाशिने यस निमित्त तन्मन् धरी ।।
हटाउ दुइ अस्त्रको जसरि हुन्छ चाँडो गरी ।
सुनेर किरिटी भए मलिन मुख् र दिक्दार् परी ।।३७।।

उसै बखत ब्रम्हशिर् गरिदि शान्ति आफ्नू तहाँ ।
गरे विनति हे ऋषे नखपि कष्ट प्राणैमहाँ ।।
परेर पनि भाइ दुख् गरन प्राण रक्षा यहाँ ।
प्रयोग तब यो गरेँ नहिँ त छोडथेँ यो कहाँ ।।३८।।

म हान्न गुरुभाइको मन नभै विवश्मा परेँ ।
परन्तु गरुँ के मनी यिनइँ ऊठि आगे सरे ।।
प्रयोग पनि ब्रह्मशिर् गरिलिए यि मार्नै यहीँ ।
यि बात अरजूनको सुनिलिए ति व्यास्ले तहीँ ।।३९।।

ति द्रोण सुतको अनी जलदि शस्त्र आफ्नू कसै ।
खिचेर तिमि शान्ति यो गरन भन्नुभैगो तसै ।।
यि बात मुनि व्यासको सुनि लि आश्वथामा तहाँ ।
ठुलो अनरथै गरेँ सुन्नुहोस् कहे ती वहाँ ।।४०।।

म जान्दिनँ कसो गरूँ खिचन शान्तिपूर्वक् भनी ।
तहाँ त प्रभुकृष्णको नजरतर्फ हेरे अनि ।।
श्रिद्रोण सुतले कहे गरन पाण्डवै वधमहाँ ।
प्रयोग पनि यो गरेँ पढिलिएर वेद्को यहाँ ।।४१।।

न कोहि मरि एक ज्यान् उसइ जान्छ खाली कहाँ ।
जऊन घर उत्तर गरभ धारि बस्छिन् तहाँ ।।
गएर यिनि पाण्डवै गरभ वंश निर्मूल् यहाँ ।
तुल्याउँछ वचन् भने असत हुन्छ मेरो कहाँ ।।४२।।

यि बात सुनि कृष्णले भन्नुभो अघी क्वै मुनि ।
भई गरभ उत्तर गरभ नाशि फेरी गुनी ।।
हुनेछ जिवितै जनम् भनदेथे त बालख् पनि ।
अवश्य सत हुन्छ बात् नबक बक्बकै धेर् भनी ।।४३।।

सुनी वचन द्रोणपुत्र त कहे बहुत् क्रोधमा ।
छली वध गर्यौ छऊ अझइ पाण्डवै तर्फमा ।।
कती तरफ गर्दछौ ब्रहमशीर घाँसझैँ गनी ।
यि उत्तर सुनेर फेर् भन्नुभो श्रि कृष्णै अनि ।।४४।।

हुँदैन निसफल् अधम् सुनन बाण तिम्रो पनि ।
अवश्य मरि जन्मि फेर् जिवित हुन्छ बालख् भनी ।।
सुदर्शन गरी प्रयोग् गरभ उत्तराको तसै ।
श्रिकृष्ण प्रभुले पनि गरनुभो त रक्षा जसै ।।४५।।

उ ब्रम्हशिर अस्त्रको गरनुभो त शान्तीमहाँ ।
कहे श्रिभिमसेनले जलदि अश्वथामा यहाँ ।।
झिकेर अहिले दिउन् बचन मन्सुबा भे मणि ।
नहीँ त यिनि बाबुसङ् वध भएर पुग्छन् पनि ।।४६।।

म छोड्दिन यहाँ कसै भनि वचन् ति भीम्को सुनी ।
ति द्रोणसुतको अनी भन्नुभो श्रिव्यास्जी मुनि ।।
झिकेर तिमिले मणि नगरिदेउ फर्कै गुनी ।
सुनी वचन द्रोणसुत् अरज फेर् गरे हे मुनि ।।४७।।

कऊरव र पाण्डवैसँग मिल्यो जउन् धन् पनि ।
उ धन् छ यसको सँगै बहुत थोर फेरी मणि ।।
जऊन सँगमा छ यो भुख र प्यास लाग्दैन नि ।
अधिक् छ गुण येसमा कसरी बात् हजुर्को पनि ।।४८।।

म टारुँ भनि कष्टले झिकिदिए ति द्रोण् सुत् मणि ।
कहे हजुरसङ्महाँ अब म बस्छु जोगी बनी ।।
यि दील दुखने अती वचन सूनि व्यास्ले पनि ।
प्रसन्न दिल भै भने छउ त ब्रम्हज्ञानका धनी ।।४९।।

लिएर क्षतरी धरम् करम गर्दछौ लाज् त्यजी ।
तिमी श्रि अब ब्राम्हणै करमले उ ईश्वर् भजी ।
बिताउ जनमै भरी कहनुभो श्रिव्यासदेव नै ।
श्रि कृष्ण अनि लाग्नुभो भनन अश्वथामा कनै ।।५०।।

कठोर गरि बालकै सुतिरही विना चेतले ।
मरेसरि विरै थिए वध गर्यौ कउन् धर्मले ।।
अहो गरभको पनि गरन नाश खूब् क्रोध् धस्यौ ।
तयार भ्रुणहत्याको तिमि त गर्न सम्मुख् खस्यौ ।।५१।।

पिडीत भइ भोग लौ वरष तीन् हजार् दुःखले ।
असाह भइ रोगले रगत पीप दुर्गन्धले ।।
सडेर तिमि दुष्टले बसन पर्छ लौ है खुनी ।
यि बात सुनि दिक् परे नदिइ उत्तरै मन् गुनी ।।५२।।

झिकेर मणि धर्दिए मलिन मूख ऊदास् परी ।
नहेरि वनमा गए सकल सामु देख्दै गरी ।।
उठाइ भिमसेनले मणि लिएर झट्टै तहाँ ।
चढेर रथमा खुसी हिँडिगए सबै वेग्महाँ ।।५३।।

श्रिकृष्णसहितै पुगे द्रुपदि रानि जाहाँ थिइन् ।
मिलेर मणि द्रौपदी बहुत फेर् प्रसन्नै परिन् ।।
ति आदर गरी रुँदै नृपयुधिष्ठिरै हात्महाँ ।
दिइन् र भिमसेन फेर् द्रुपदिको बुझाए वहाँ ।।५४।।

भने तिमि त वन्महाँ अरति बेस राम्रो गरी ।
सबैकन बुझाउँथ्यौ सुनन हे सती राम्ररी ।।
लडाइँ गरनेहरू पुतरमित्र आदी मरे ।
वियोग सहनू पनि परछ स्वर्ग रस्ता धरे ।।५५।।

गए विरहरू जती नगर शोक मन्मा कति ।
प्रिये अब ति फीरने छइन आस याहाँ रती ।।
भनेर भिमसेनले द्रुपदि रानिको खूब् गरी ।
बुझाइ धिरजै धरिन् अलि अली ति शोकै टरी ।।५६।।

।। इति सौप्तिक पर्वान्तर ऐषीकपर्व समाप्त ।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित